असार २९, २०८२ आइतबार July 13, 2025

बृहस्पति विद्या सदन र राई स्कुलका सञ्चालकहरू भागाभाग

बृहस्पति र राई स्कुल संकटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

करिब २७ वर्ष नेपाल बाल संगठनको अध्यक्ष रहेकी वैद्य र बृहस्पति विद्या सदन, राई स्कुल र विशाल ग्रुपका केही सञ्चालकसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो।

सीआईबीले बाल संगठनका पूर्व पदाधिकारीसँगसँगै बृहस्पति विद्या सदन र राई स्कुलका प्रिन्सिपल तथा सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरू भागेका छन् । प्रहरीले उनीहरूको खोजीलाई तीव्र बनाएको जानकारी दिएको छ।

सीआईबीले वैद्यसहित बृहस्पति विद्या सदनका सञ्चालक समितिका तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपमहासचिव सुमन शाक्य, तत्कालीन सदस्य एवं श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह र तत्कालीन महासचिव श्यामकुमार आलेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

संगठनको जग्गा भाडामा दिँदा मिलेमतो गर्ने तत्कालीन अर्का महासचिव सुवासकुमार पोखरेल, तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, तत्कालीन अर्का महासचिव प्रचण्डराज प्रधान र रामकाजी कोने, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चीरञ्जीवी तिवारी, सञ्चालक प्रवीणराज जोशीको नाममा पनि सीआईबीले पक्राउ पुर्जी जारी गरेको छ।

पटकपटक भएको सम्झौतामा सहभागी हुने सबैविरुद्ध सीआईबीले वृहस्पति विद्यासदनका तत्कालीन सञ्चालक मुरारीनिधि तिवारी, वृहस्पति विद्यासदनका सञ्चालकहरू श्रद्धा संघाई, अभिनव सिंघानियाँ, सञ्चालक सिद्धार्थ केडिया, राई स्कुलका प्रिन्सिपल कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि सीआईबीले पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी हुने श्रद्धा, अभिनव र सिद्धार्थ विशाल गु्रपसँग पनि सम्बन्धित छन् । सञ्चालक तथा प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बृहस्पति विद्या सदन र राई स्कुल संकटमा पर्ने देखिएको छ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै नेपाल बाल संगठनको वर्तमान नेतृत्वले सीआईबीमा जाहेरी दिएको थियो । उक्त जाहेरीपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान शुरू भएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

नेपाल बाल संगठन र बृहस्पति विद्या सदन स्कुलबीच २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा पटकपटक गरी न्युन दरमा भाडा लिने गरी सम्झौता भएको थियो । सो संगठनको अध्यक्षको रूपमा २०४९ सालमा नियुक्त भएकी वैद्यले आफ्नो व्यक्तिगत लाभका लागि २८ रोपनी ५ आना १ दाम जग्गा प्रति रोपनी प्रतिवर्ष ३ लाख ९३ हजार रुपियाँमा उक्त बृहस्पति स्कुललाई दिने गरी सम्झौता गरेको पाइएको छ ।

बाल संगठनको तर्फबाट २०५९ भदौ ११ गते गरेको पट्टा सम्झौताको अवधि २०८९ सालसम्म कायम रहेकोमा सम्झौता समाप्त हुन धेरै वर्ष बाँकी छँदै पहिलेको सम्झौताको अवधि समाप्त भएपछि लागू हुने गरी पुनः २१३२ सालसम्मको लागि उक्त जग्गा लिजमा दिने काम गरेको कारण सो काण्डमा संलग्न रहेकाविरुद्ध पक्राउ पुर्जी जारी भएको पनि एसपी बोगटीले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतिवर्ष प्रतिरोपनी ३ लाख ९३ हजार रुपियाँ लिने गरी २०७२ साउन ३ गते संगठनको तर्फबाट अध्यक्ष वैद्य र बृहस्पति स्कुलको तर्फबाट सञ्चालक पुरुषोतमराज जोशीले सम्झौता गरेर बाल संगठनलाई करोडौं रुपियाँको हानि नोक्सानी पुर्‍याएको भन्दै संगठनको वर्तमान नेतृत्वले नै निवेदन दिएपछि छानबिन गर्न पक्राउ पुर्जी जारी भएको हो।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ५६ लाख रुपियाँ भाडा पाउने गरी सम्झौता भएको थियो। बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राई स्कुल’ लाई सब लिज दिएर वार्षिक ६० लाख भाडा असुल गर्दै आएको थियो।

बाल संगठनको अध्यक्षको रूपमा एक छत्र रूपमा झण्डै तीन दशकसम्म राज गरेकी वैद्य गणेशमान सिंहकी छोरी र कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुनुहुन्छ। सीआईबीले बृहस्पति विद्या सदन र राई स्कुलका सञ्चालकमाथि आर्थिक अनियमितता गरेको अभियोग लगाउने तयारीसमेत गरेको छ।

यी हुन पक्राउ पुर्जी जारी भएकाहरू

–रिता सिंह वैद्य, तत्कालीन अध्यक्ष, नेपाल बाल संगठन
– तुलसी नारायण श्रेष्ठ, तत्कालीन उपाध्यक्ष, नेपाल बाल संगठन
–गणेशभक्त श्रेष्ठ, तत्कालीन महासचिव
–सुमन शाक्य , तत्कालीन उपमहासचिव
– कृष्णशंकर साह तत्कालीन सदस्य
–श्यामकुमार आले, तत्कालीन महासचिव
–सुवासकुमार पोखरेल, तत्कालीन महासचिव
–मनोहर गोपाल श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष
– प्रचण्डराज प्रधान, तत्कालीन महासचिव
–राम काजी कोने, तत्कालीन महासचिव
– योगेन्द्रबहादुर शाही, तत्कालीन उपाध्यक्ष
– दिपकदास श्रेष्ठ, तत्कालीन उपकोषाध्यक्ष
– चीरञ्जीवी तिवारी, बृहस्पतिका तत्कालीन अध्यक्ष
– प्रविणराज जोशी, बृहस्पतिका तत्कालीन सञ्चालक
– मुरारी निधि तिवारी, बृहस्पतिका तत्कालीन सञ्चालक
– पुरुषोत्तमराज जोशी, बृहस्पतिका तत्कालीन अध्यक्ष
–श्रद्धा संघाई, बृहस्पतिका सञ्चालक (विशाल ग्रुपमा संलग्न)
–अभिनव सिंघानियाँ, बृहस्पतिका सञ्चालक(विशाल गु्रपमा संलग्न)
– सिद्धार्थ केडिया, बृहस्पतिका सञ्चालक (विशाल ग्रुपमा संलग्न)
– कीर्तिप्रसाद पाण्डे, बृहस्पतिका सञ्चालक तथा राई स्कुलको प्रिन्सिपल –नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार