असोज ३०, २०८३ शुक्रबार October 16, 2026

यस्तो थियो कांग्रेसको चियापान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरेको छ ।

आज शुक्रबार दिउँसो १ बजेबाट पार्टी कायाृलय सुरु भएको चियापान कार्यक्रम साँझ पाँच बजेसम्म चलेको थियो ।

कार्यक्रममा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुरदेउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरू विजयकुमार गच्छदारलगायतले स्वागत गर्नुभएको थियो ।

कांग्रेसको चियापानमा पार्टीका केन्द्रीय नेताहरुलेगेटबाट नै स्वागत गरेका थिए । स्वागत गर्न समेत केन्द्रीय तथा युवा नेताहरुको तछाडमछाडनै थियो ।

कार्यक्तममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पुष्पकमल दाहाल, राप्रपाका नोतहरु ,मधेसी नेताहरु, कुटनैतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमानेताहरुको भनाई लिन मियिाहरुको पनि तछाडमछाड नै थियो । चियापान कार्यक्रममा तरुणदल र विद्यार्थीहरु स्वयं सेवकका रुपमा खटिएका थिए ।

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएकोचियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३औँ दिन नपुगेका कारण आज गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारीदिनुभयो ।

विगत पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गतेनिधन भएको थियो । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाईनिमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजै केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ ।विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ

भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसलेचियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति
२०८३ असोज ३०, शुक्रबार
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार