श्रावण ३, २०८२ शनिबार July 19, 2025

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आइभी कोटो जिल्लामा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाकर्ता, ३० वैशाख : इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ ।

बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार ११ जनाको शव कान्डुआङ जिल्लामा र चारवटा सुङ्गाई पुआ जिल्लामा भेटिएको जानकारी दिनुभयो । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आइभी कोटो जिल्लामा क्षति पुर्याएको थियो । कान्डुआङ जिल्लामा आवासीय घर, सार्वजनिक सुविधा र पसललगायत ९० वटा भवन डुबानमा परेका छन् ।

यसैबीच चौथो कोटो जिल्लामा ६० जना विस्थापित भएका छन् भने २० पसल र एउटा विद्यालय भवन प्रभावित भएका छन् । आपत्कालीन अवस्थाको जवाफमा डाटा निरन्तर अपडेट गरिरहने प्रयासहरू भइरहेका छन् । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार