श्रावण ३, २०८२ शनिबार July 19, 2025

जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन

आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जर्जियाको राजधानी टिबिलिसीमा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई ‘रूसी कानून’ भनेका छन् ।

यस ऐनमार्फत सामाजिक संघसंस्था र स्वतन्त्र सञ्चार माध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाइएको छ ।

आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए ।

विपक्षी दलहरूले यस बिललाई ‘रूसको कानून’ सँग तुलना गरेका छन् किनभने २०१२ मा रूसमा यस्तै विधेयक पेश गरिएको थियो।

सरकारले यो विधेयकमार्फत असहमतिको आवाज दबाउन खोजेको विपक्षी दलहरुको आरोप छ । अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा पनि भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार