श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

इङलिश प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफुलाई कायमै राखेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३७ खेलमा आर्सनलको ८६ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक रहेको छ ।

अब आर्सनलले आफ्नो अन्तिम लिग खेल मे १९ मा एभर्टनसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर सिटीले भने मे १५ मा टोटनह्याम र मे १९ मा वेस्टह्यामको सामना गर्ने छ ।

त्यसैगरी यो हारपछि म्यानचेस्टर युनाइटेडको भने ३६ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया