श्रावण ३, २०८२ शनिबार July 19, 2025

अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु

अविरल वर्षाका कारण १६ सय जना घाइते भएका छन् भने २ हजारभन्दा बढी घर डुबानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ।

अविरल वर्षाका कारण १६ सय जना घाइते भएका छन् भने २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । डब्लुएफपीले सामाजिक सञ्जाल पोस्टमा अफगानिस्तानमा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएको छ । बाघलानमा सबैभन्दा बढी मृत्यु भएको छ । बगलानमा एक सयभन्दा बढी घाइते भएका छन् । बाघलान जाने बाटो बगेको कारण त्यहाँ राहत पुर्‍याउन ढिलाइ भएको अधिकारीहरुले बताएका छन् । त्यहाँबाट मानिसहरूलाई बाहिर निकाल्न सेना पठाइएको छ ।

तालिवानको रक्षा मन्त्रालयले मे ११ मा बाघलानमा मानिसहरूलाई बाहिर निकाल्न वायुसेना तैनाथ गरिएको बताएको थियो । यसैबीच अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूलाई ढिलाइ नगरी सहयोग गर्न आग्रह गरेको छ । तालिबानका अनुसार संगठनले सहयोग नगरे हजारौं मानिसको ज्यान जानेछ ।

अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)का अनुसार अफगानिस्तानका अधिकांश राज्यमा आपतकाल जस्तो अवस्था छ । विभिन्न आपत्कालीन टोली राहत कार्यमा जुटेका छन् ।

आईआरसीका निर्देशक सलमा बेन ऐसाले यो बाढीले मानवीय संकट निम्त्याएको बताइन् । अफगानिस्तानका जनता यस वर्षको सुरुमा गएको भूकम्पको पीडा झेलिरहेका थिए । तर अहिले बाढीले उनीहरूलाई झन् गरिबीमा धकेलिएको छ ।

अफगानिस्तानका धेरै राज्यमा दुई सातादेखि बिजुली छैन। जनतासँग एक छाक किन्न सक्ने स्रोत छैन । गत महिना नै अफगानिस्तानको हेलमाण्ड र काजाकी जिल्लामा भारी वर्षा र बाढीका कारण घर भत्किँदा नौ जनाको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार