श्रावण ८, २०८२ बिहिबार July 24, 2025

इण्डियन प्रिमियर लिग : लखनउमाथि दिल्ली १९ रनले विजयी

लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ ।

त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ । लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार