श्रावण ८, २०८२ बिहिबार July 24, 2025

म्यानचेस्टर यूनाइटेड मूल्यबान क्लबको शीर्षमा

‘मोस्ट भ्यालुएवल’ क्लबहरूको सूचीमा यूनाइटेड शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर यूनाइटेड विश्वका सर्वाधिक मूल्यबान क्लबहरूको सूचीको शीर्ष स्थानमा रहेको छ। सञ्चार माध्यम ‘स्पोर्टिको’ ले वर्ष २०२४ का लागि प्रकाशित विश्वभरका ‘मोस्ट भ्यालुएवल’ क्लबहरूको सूचीमा यूनाइटेड शीर्ष स्थानमा रहेको हो।

स्पोर्टिको विश्वका सर्वाधिक मूल्यवान् क्लबहरूको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यम हो। शीर्ष स्थान ओगटेको युनाइटेडको मूल्य ६.२८ बिलियन अमेरिकी डलर रहेको छ।

यस्तै, सूचीको शीर्ष १० भित्र सबैभन्दा धेरै प्रिमियर लिगका ६ क्लब अटाएका छन्। जसमध्ये यूनाइटेडसँगैं आर्सेनल, टोटनह्याम, लिभरपुल, चेल्सी सामेल छन्। स्पेनका दुई क्लब मात्रै शीर्ष १० मा समावेश छन्। शीर्ष–२० मा भने युरोप बाहिरबाट जम्मा ५ क्लब रहेका छन्। ती सबै अमेरिकी क्लब रहेका छन्।

सूचीको दोस्रोमा स्पेनको रियल मेड्रिड रहेको छ । रियलको मूल्य ६.०८ बिलियन डलर रहेको छ। तेस्रोमा स्पेनकै बार्सिलोना छ, जसको मूल्य ५.२८८ बिलियन डलर रहेको छ। त्यसैगरी ५.११८ बिलियन डलर मूल्यसहित चौथो स्थानमा लिभरपुल छ । पाँचौंमा जर्मनीको बायर्न म्युनिख छ, जसको मूल्य ४.८८ बिलियन डलर रहेको छ।

यस सूचीमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) मात्रै छ। पीएसजी सातौं स्थानमा छ, जसको मूल्य ४.०५८ बिलियन डलर रहेको छ। इटालीका तीन क्लब पनि यो सूचीमा समावेश छन्। अमेरिकाबाट सबैभन्दा माथि १५औं स्थानमा लस एन्जलस ग्यालक्सी रहेको छ।

लियोनल मेसी रहेको क्लब इन्टर मियामी भने यो सूचीमा १८औं स्थानमा छ, जसको मूल्य १.०२८ बिलियन डलर छ। शीर्ष २० सूचीको १७औं देखि २०औं स्थानमा लगालग अमेरिकी क्लब रहेका छन्। न्यूयोर्क सिटी, एलए ग्यालक्सी, इन्टर मायमी र एट्लान्टा युनाइटेड रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार