श्रावण ८, २०८२ बिहिबार July 24, 2025

रमा आले मगरलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी

एकिकृत समाजबादीको नेतृले पाइन मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशमा मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।

यसअघि यस प्रदेशमा १४ वटा मन्त्रालय रहेकोमा शालिकराम जम्कट्टेल बनेपछि ११ वटामा झारिएकोमा पुनः मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णयसँगै सो मन्त्रालयको जिम्मेवारी बिनाविभागीय मन्त्री रमा आले मगरलाई दिइएको जानकारी दिनुभयो ।

आले मगरलाई गत चैत २० गते एक साताभित्रमा मन्त्रालय तोक्नेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिनाविभागीय मन्त्रीमा नियुक्ति गर्नुभएको थियो । बागमती प्रदेश सरकारको कार्यविभाजन नियमावली २०८० अनुसूची हेरफेर गरी स्वीकृत गर्ने निर्णयसँगै बिनाविभागीय मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको बताउनुभयो ।

मन्त्री परिषद् बैठकले प्रदेश विकास परिषद्मा सदस्य मनोनयन गर्ने, प्रदेश खेलकुद विकास परिषद् नियमावली दोस्रो संशोधन स्वीकृतलगायतका सातवटा निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसैगरी बागमती प्रदेश विश्वविद्यालय संरक्षण समितिको सदस्यमा प्राडा. चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई मनोनयन गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार