श्रावण ४, २०८२ आइतबार July 20, 2025

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन

रुस–चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ (चीन), जेठ ४ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबिचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबिच ‘सदाका लागि भाइचारा’ रहेको बताउनुभएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ र अन्तर–सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबिच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

“यो कार्यक्रम कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई समर्पित छ । पचहत्तर वर्षअघि सिर्जना गरिएको त्यस समयको एउटा प्रसिद्ध गीत जुन प्रायजसो आजसम्म गाइन्छ । यसमा एक प्रसिद्ध पङ्क्ति छ : ‘रूसी र चिनियाँ सदाका लागि भाइहरू हुन्’”, पुटिनले भन्नुभयो ।

तासका अनुसार उहाँले रुस–चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ । “म विश्वस्त छु कि हामी सौहार्दपूर्ण रूसी–चिनियाँ साझेदारीको भ्रातृ भावनालाई बलियो बनाउने पहल जारी राख्नेछौँ”, रुसी राष्ट्रपतिले भन्नुभयो ।

राष्ट्रपति पुटिन आफ्नो चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुग्नुभएको हो । रूसी राष्ट्रपतिले हार्बिनमा आठौँ रूसी–चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रूस–चीन फोरमको उद्घाटन गर्नुभयो ।

रूसी राष्ट्रपतिले चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ । त्यहाँ उहाँले व्यापार र सहयोग फोरममा भाग लिनुहुनेछ ।

तासका अनुसार चीन र रुसबिचको सीमा तनावले ऐतिहासिकरूपमा ग्रस्त यस क्षेत्रले हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखेको छ, जसले दुई छिमेकीबिच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्धलाई बढावा दिएको पाइन्छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार