श्रावण ८, २०८२ बिहिबार July 24, 2025

खेलकुलमन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

धुलिखेल नगरको वडा नं ११ र १२ को सिमानामा निर्माणाधीन खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर्नुभएको छ ।

उहाँले खेलमैदान निर्माणका लागि धुलिखेल नगरपालिकाद्वारा प्रदान गरिएको जमिनलाई व्यवस्थित बनाउन गुरुयोजनासहितको बजेटका लागि निरीक्षण गर्नुभएको जनाइएको छ । मन्त्री श्रेष्ठले धुलिखेल नगरको वडा नं ११ र १२ को सिमानामा निर्माणाधीन खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपालमा हरेक खेलका लागि पर्याप्त भौगोलिक संरचना भएकाले पूर्वाधारमा लगानी गर्नु नपर्ने तर खेलअनुसारका जमिन व्यवस्थापनमा अनुगमन, निरीक्षणमा जोड दिनुपर्ने बताउनुभयो । खेलमैदानको अवलोकनका लागि नेपाली हक्की संघका केन्द्रीय पदाधिकारी, जिल्लास्थित पदाधिकारी एवं स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त खेल मैदानलाई बाग्मती प्रदेश सरकारले चालु आवमा आवश्यक गुरुयोजना बनाउने गरी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माका अनुसार बागमती प्रदेशस्थित खेलकुद विकास परिषद्द्वारा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को तयारी अन्तिम चरणमा पुगेको छ ।

तीन वर्षमा तीन चरणमा निर्माण हुने भनिएको रङ्गशालाको पहिलो चरणमा मैदान, दोस्रोमा प्याराफिट र त्यसपछि होस्टेल निर्माण हुनेछ । करिब रु ८० करोडमा रङ्गशाला तयार हुने प्रारम्भिक अनुमान गरिएको शर्माले बताउनुभयो ।

मन्त्री श्रेष्ठले आजै धुलिखेलको हजार सिँढी, भैरव मुर्तिस्थल लगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभयो । श्रेष्ठलाई सो क्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, सम्मेलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाका कारण पर्यटकीय क्षेत्रका साथै खेलकुदको हब बनाउन सकिने बताउनुभयो । यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने ब्याञ्जुको माग रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार