श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल सजाय सुनाएको छ ।

अक्टोबर २०२२ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक डिपेपले घातक हमला गरेका थिए ।

क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ ।

पल पेलोसीमाथि यो हमला उनको सान फ्रान्सिस्कोको घरमा राति २ बजे भएको थियो । आक्रमणकारीले पलको टाउकोमा हथौडाले प्रहार गरेका थिए । घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

डिपेपले अदालतमा आफूले न्यान्सी पेलोसीमाथि हमला गर्न गएको बताएका थिए । यसका लागि उनले युनिकर्न ड्रेस (यस्तो पहिरनले कम चोटपटक लाग्ने) लगाएर आक्रमण गर्दा न्यान्सी पेलोसीको आवाज रेकर्ड गरी अनलाइनमा अपलोड गर्ने योजना बनाएको थियो तर आक्रमणको समयमा न्यान्सी त्यहाँ उपस्थित थिएनन् । जसका कारण उनले पेलोसीका श्रीमानमाथि हमला गरेको बताएका थिए ।

सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई धाँधली गरेर पराजित गर्ने षड्यन्त्र गर्नेहरूमध्ये न्यान्सी पनि थिए भन्ने डिपेप विश्वास गर्छन् । यस अवधिमा ट्रम्पले उत्तेजक बयान दिएका थिए, जसले डिपेपलाई प्रभावित बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार