श्रावण ३, २०८२ शनिबार July 19, 2025

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिंटन । इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाल उनीहरू बाहिर आएका छन् सबै जनाले बाहिर जान चाहेकोमा सोही बमोजिम भएको छ, अन्य तीन जनाका लागि बोल्दिन ।’

उनीहरूको उद्धार जेरुसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको विदेश विभागका प्रवक्ताले जनाउनुभएको छ । उहाँले अमेरिकी डाक्टरहरू संलग्न समूह र उनीहरूका परिवारसँग सम्पर्कमा रहेको बताउनुभयो । गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको स्रोतले जनाएको छ ।

दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिंगमा यात्रा गरेको स्रोतले जनाएको छ । इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ ।

They were treating waves of wounded in Gaza. Then an Israeli assault  trapped the foreign doctors

अमेरिकी डाक्टरलाई भाग्न मद्दत गर्ने प्रयाससँग परिचित स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेपछि राफाह क्रसिंग बन्द भएकाले उनीहरूको उचित व्यवस्थापन गर्नु प्रमुख चिन्ताको विषय हो । राफाह क्रसिंग, सञ्चालनमा रहँदा विदेशी सहायता कामदारका लागि एकमात्र प्रवेश तथा निकास बिन्दु थियो । इजरायली र इजिप्टका अधिकारी अहिलेसम्म यसलाई पुनः खोल्ने सहमति हुन सकेको छैन ।

नफर्किने निर्णय गर्ने डाक्टरमध्ये एक डा.एडम हामावी हुनुहुन्छ उहाँले २० वर्ष पहिले पनि इराकमा जीवन बचाउन मद्दत गर्नु भएको थियो । यस मामिलासँग परिचित स्रोतका अनुसार उहाँ प्यालेस्टिनी र अमेरिकन मेडिकल एसोसिएसनसँग गाजा गई अन्य डाक्टरले जिम्मेवारी पुरा नगरी छोड्नु उचित नभएको महसुस गरेको सिएनएनले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

विश्वव्यापी रूपमा अमेरिकी प्रशासनसँग मिलेर धेरै निकायले गाजामा सहायता र मानवीय कार्यकर्ता ल्याई कामदारका लागि आवश्यक सुरक्षा प्राप्त गर्न दबाब दिने काम गरिरहेका छन् । यसैबीच युएसएआइडीका एकजना शीर्ष अधिकारीले सहायताकार्यको सुरक्षा सुनिश्चित गर्न इजरायलले पर्याप्त काम नगरेको बताएका थिए ।

वातावरणीय जटिलतालाई ध्यानमा राख्दै आवश्यक उपाय अझै पर्याप्त नभएकाले मानवीय सहायता कामदारले सुरक्षितरूपमा सञ्चालन गर्न आवश्यक छ । युएसएआइडीको ब्युरो फर हृयुमेनिटेरियन असिस्टेन्सकी प्रशासककी सहायक सोनाली कोर्डेले गाजा काम गर्नाका लागि निकै खतरनाक ठाउँ भएको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया