श्रावण ७, २०८२ बुधबार July 23, 2025

आरसी–३२ शहीद स्मारक ‘सी’ डिभिजनको शीर्ष स्थानमा

आरसी–३२ ले गोलबजारलाई २–१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गोलबजार स्पोर्ट्स क्लबलाई पराजित गर्दै आरसी–३२ शहीद स्मारक ‘सी’ डिभिजनको शीर्ष स्थानमा फर्किएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न पहिलो खेलमा आरसी–३२ ले गोलबजारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

आरसी–३२ को जितमा सुजन बलम्पाकी मगर र आशिष लावतीले १/१ गोल गरे । यता, गोलबजारका लागि विनु आलेमगरले गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै आरसी–३२ ले ९ खेलबाट १९ अङ्क जोडेको छ । पराजित गोलबजार भने समान खेलबाट ५ अङ्कसहित पुछारमा छ ।

खेलको ३६ औँ मिनेटमा सुजनको गोलमार्फत आरसी–३२ ले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको आरसी–३२ ले दोस्रो हाफमा थप १ गोल थप्यो ।

६४ औँ मिनेटमा विनुले पेनाल्टीमार्फत गोल गर्दै गोलबजारलाई १/१ बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा आशिषले गोल गर्दै आरसी–३२ लाई २–१ को रोमाञ्चक जित दिलाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया