श्रावण ३, २०८२ शनिबार July 19, 2025

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

जुन ८ सम्मको समयसीमा रहेको चेतावनी दिदै कट्टरपन्थीको बाटो रोजेमा मन्त्रिपरिषदले विद्रोह गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका छन् ।

गान्ट्जले प्रधानमन्त्रीसँग यसका लागि जुन ८ सम्मको समयसीमा रहेको चेतावनी दिदै कट्टरपन्थीको बाटो रोजेमा मन्त्रिपरिषदले विद्रोह गर्ने बताएका हुन् ।

गान्ट्जले भने, ‘अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको युद्धले आफ्नो उद्देश्य गुमाउँदैछ। इजरायली सेनाले रणभूमिमा आफ्नो शक्ति देखाउँदै छ, तर उनीहरूलाई पठाउने केही मानिसहरू कायर बनेका छन् र आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।’

Israel's Benny Gantz threatens to quit war cabinet by June 8 if Netanyahu  fails to accept post-war Gaza plan – Firstpost

इजरायली बन्धकहरू हमासको सुरुङमा नरकजस्तो वातावरणमा बाँचिरहेका छन् तर केही राजनीतिज्ञहरू आफ्नो बारेमा मात्रै सोचिरहेको उनले बताए ।

टाइम्स अफ इजरायलका अनुसार गान्ट्जले युद्धको सन्दर्भमा ६ बुँदे योजना पनि बनाएको छ । यसले बन्धकहरूलाई घर फर्काउने, हमासको शक्ति समाप्त गर्ने र गाजा पट्टीबाट सेना हटाउने बारे कुरा गर्छ। यसबाहेक अमेरिका, युरोप, अरब र प्यालेस्टिनी प्राधिकरणको सहयोगमा गाजामा नयाँ प्रशासन सुरु गर्ने पनि उल्लेख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया