श्रावण ८, २०८२ बिहिबार July 24, 2025

सन्दीपलाई टी-२० विश्वकप खेल्न आईसीसीको अनुमति

सन्दीपले प्रतिस्थापन गर्ने खेलाडीलाई अमेरिकाबाट भने नफर्काउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ ६। क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो ।

अब क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ । फिटनेस टेस्टपश्चात् उनी केही दिनमा अमेरिका उड्नेछन् । नेपालले टी-२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेको थियो । तर, आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न पाइन्छ । नेपालले अहिले घोषित टिमबाट एक जनालाई हटाउनुपर्ने हुन्छ ।

क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । सन्दीपले प्रतिस्थापन गर्ने खेलाडीलाई अमेरिकाबाट भने नफर्काउने भएको छ । उनलाई क्यानकै खर्चमा रिजर्भ खेलाडीका रूपमा टोलीसँगै अमेरिकामै राखिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार