श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटी बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो।

म्यानचेस्टर सिटीले आठौ पटक प्रिमियर लिगको उपाधि जितेको छ। साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ।

यस सिजनको अन्तिम खेल पछि सिटीको ३८ खेलमा ९१ अंक भएको छ र उपाधि जितेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया