श्रावण ३, २०८२ शनिबार July 19, 2025

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ ।

आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।

आईसीसी अभियोजकले भने, ‘मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया