श्रावण ४, २०८२ आइतबार July 20, 2025

बेलायतमा जुलाई ४ मा आमनिर्वाचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गर्नुभएको छ ।

“आज बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भन्नुभयो ।

नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र रूपमा ९दुई दशमलव तीन प्रतिशतमा० झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । करिब तीन वर्षमा यो तथ्याङ्क सबैभन्दा कम हो । सत्तारुढ कन्जर्भेटिभ पार्टीले यसलाई एउटा उत्साहजनक उपलब्धि मानेका छन् ।

सन् २०२३ जनवरीमा प्रधानमन्त्रीको पाँचवटा प्रतिज्ञामध्ये मुद्रास्फीति न्यूनीकरण पनि समावेश रहेको थियो । सन् २०२२ जुनको अन्त्यमा मुद्रास्फीति २२ प्रतिशतभन्दा माथि पुगेको थियो । सुनकले हालको यो तथ्याङ्क देशको अर्थतन्त्रका लागि प्रमुख उपलब्धी र उज्ज्वल भविष्यको प्रतिबिम्ब रहेको बताउनुभयो ।

बेलायतमा कन्जर्भेटिभ पार्टीले १४ वर्षदेखि सत्ता सम्हाल्दै आएको छ । यसले हालैका वर्षहरूमा सुस्त आर्थिक वृद्धिदेखि राजनीतिक अस्थिरतासम्मका चुनौतीहरूको सामना गर्नुपरेको छ । पार्टी नेतृत्वको बारम्बार परिवर्तनले कन्जर्भेटिभ पार्टीभित्रको अस्थिरतालाई देखाउँछ । पछिल्लो युगोभ सर्वेक्षणका अनुसार टोरीहरू (कन्जर्भेटिभ पार्टी) हाल आफ्नो मुख्य प्रतिद्वन्द्वी लेबर पार्टीभन्दा पछाडि रहेका छन् ।

ग्रीष्मकालमा हुने चुनावका लागि सुनकको आह्वानप्रति प्रतिक्रिया दिँदै श्रम नेता कीर स्टारमरले भन्नुभयो, “यो देशले चाहेको र पर्खिरहेको क्षण हो। देशको भविष्य तपाईँको हातमा छ ।”

“हामी अराजकता रोक्न सक्छौँ, पृष्ठ घुमाउन सक्छौँ र बेलायतको पुनर्निर्माण गर्न र हाम्रो देश परिवर्तन गर्न सुरु गर्न सक्छौँ,” उहाँले थप्नुभयो ।

लिबरल डेमोक्र्याटका नेता एड डेभीले भन्नुभयो “यो सरकार जनताको सम्पर्क बाहिर छ । यो कन्जर्भेटिभ सरकारलाई फ्याक्ने समय हो ।”

मे ३० मा बेलायती संसद् औपचारिक रूपमा विघटन हुनेछ र त्यसपछि चुनावी अभियान जुलाई ४ को मतदानको दिनसम्म चल्नेछ ।

सुनकको घोषणापछि बकिङ्हम प्यालेसबाट आएको एक विज्ञप्तिमा भनिएको छ, “शाही परिवारले सामान्य प्रक्रियाअनुसार चुनावी अभियानबाट ध्यान विचलित गर्ने र हुने कार्यक्रमहरू स्थगित गर्नेछ ।”

“हालैका आर्थिक तथ्याङ्कहरूलाई ध्यानमा राख्दै आम चुनावको घोषणा कुनै वास्तविक आश्चर्यको कुरा थिएन । देशको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको छ र यो रणनीति परिवर्तन गर्ने समय होइन भनी वर्तमान सरकारले तर्क गर्न सक्छ,” बर्मिङ्घम विश्वविद्यालयका प्राध्यापक जोन ब्रायसनले भन्नुभयो ।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई) का प्राध्यापक इयान बेगले कन्जरभेटिभ पार्टी ‘जनमत सर्वेक्षणमा धेरै पछाडि रहेको’ र लेबर पार्टीको ‘परिवर्तनको समय’ को कथा मतदाताहरूसँग प्रतिध्वनित भएको बताउनुभयो ।

लिभरपुल विश्वविद्यालयका प्राध्यापक जोन टोङले यो एउटा असाधारण निर्णय भएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
२०८२ श्रावण ४, आइतबार
हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
२०८२ श्रावण ४, आइतबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण ४, आइतबार
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार