असार २२, २०८२ आइतबार July 6, 2025

टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६ र आव २०७६/०७७ मा ३९ उजुरी दर्ता भएका हुन् । टोखा नगरपालिका न्यायिक समितिका सदस्य एवं टोखा नगरपालिका–७ का वडासदस्य गोपी पाठकले नगरपालिकामा घरेलु हिंसा, जग्गा जमिन मिचिएको, बाटोको झगडासम्बन्धि बढी उजुरी पर्ने गरेको जानकारी दिएका छन ।

टोखा नगरपालिकाले उजुरी परेका १०६ मध्ये २४ उजुरीको फैसला गरिसकेको छ । यस्तै, मुताविकमा १६, काठमाडौँ जिल्ला अदालत पठाएको पाँच, मेलमिलाप गरिएको २०, लगत कट्टा गरिएको १५ र कारवाही प्रक्रियामा रहेको २६ उजुरी छन् ।

न्यायिक समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले बाँकी मुद्दाको पनि चाँडो टुङ्गो लगाउने गरी नगरपालिकाले काम गरिरहेको बताएका छन । “हामी निरन्तर छलफलमा छौँ, बन्दाबन्दीका कारण र उजुरी परेका केही व्यक्ति नगरपालिकाभन्दा बाहिर रहेकाले केही मुद्दा टुङ्ग्याउन बाँकी छ”, उनले भने ।

टोखा नगरपालिकाको इजलास हप्ताको हरेक सोमबार बस्दै आएको छ । धेरै मुद्दा भएको समयमा लगातार दुई/तीन दिनसम्म समेत इजलास बस्ने गर्दछ । टोखाले अब हप्ताको दुई दिन इजलास बस्ने गरी गृहकार्यसमेत अगाडि बढाएको छ । उपप्रमुख डङ्गोलले नयाँ आर्थिक वर्षको शुुरुआतसँगै सबै मुद्दा टुङ्ग्याउने गरी नगरपालिकाले काम गरिरहेको स्पष्ट पारेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार