असार २५, २०८२ बुधबार July 9, 2025

नेपालको जनसंख्या तीन करोड नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको केही वर्ष भइसकेको छ ।

अब भने जनसंख्याको घडी अनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

जनसंख्याले दिएको अवसर

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् ।

लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिएका छन ।

श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाई जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको जानकारहरू बताउँछन् ।

जनसंख्याका प्राध्यापक डा। योगेन्द्रबहादुर गुरुङ जनसंख्यामा यस्तो अनुकुलकता सधैं नआउने बताउँछन् । उनी भन्छन्, ‘देशले आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा उपयुक्त जनसंख्याको आकार यही हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया