श्रावण १, २०८२ बिहिबार July 17, 2025

गाजास्थित शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु

इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि, १० लाखभन्दा बढी मानिसहरू घरबारविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् ।

जबकि हमासको अल-अक्सा मिडियाले आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ । इजरायलको रक्षा बलले यो आक्रमणको पुष्टि गरेको छ । आइडीएफले विद्यालयमा हमासको नुख्बा फोर्सका लडाकुहरूले शरण लिएको दाबी गरेको छ । इजरायलले हवाई आक्रमणमा उनलाई निशाना बनाएको थियो ।

इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि, १० लाखभन्दा बढी मानिसहरू घरबारविहीन भएका छन् । उनीहरूले गाजाका विभिन्न ठाउँमा विद्यालय र अस्पतालमा शरण लिएका छन् । समाचार एजेन्सी एपीका अनुसार नुसिरत शरणार्थी शिविर गाजा पट्टीको बीचमा अवस्थित छ। सन् १९४८ मा इजरायलको स्थापनापछि लाखौं प्यालेस्टिनीहरू घरबारविहीन भएका थिए। उनीहरुलाई आश्रय दिन नुसिरत शिविर निर्माण गरिएको हो ।

आइडीएफले विद्यालयमा आक्रमण गर्नुअघि पूर्ण योजना बनाइएको दाबी गरेको छ । यस क्रममा त्यहाँ उपस्थित आम नागरिकलाई धेरै नोक्सान नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो । यसका लागि उक्त क्षेत्रको हवाई निगरानी गरिएको थियो । साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको थियो ।

इजरायली आक्रमणपछि गाजामा रहेको हमास नेतृत्वको सरकारको मिडिया कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । उनले विद्यालयमा भएको आक्रमणलाई नरसंहार भनेका छन् । मिडिया कार्यालयका प्रवक्ता इस्माइल अल थाब्ताले घाइतेहरूलाई अल-अक्सा सहिद अस्पतालमा भर्ना गरिएको बताए।

अल जजीराको रिपोर्टका अनुसार युएन रिलिफ एण्ड वर्क एजेन्सीले युद्धअघि गाजामा १८३ विद्यालय सञ्चालन गरेको थियो । युद्ध सुरु भएदेखि नै यी विद्यालयका भवनहरू शरणार्थी शिविरमा परिणत भएका छन् ।

८ महिनादेखि जारी इजरायली आक्रमणमायी विद्यालयमा आश्रय लिएका ४५५ जनाको मृत्यु भएको छ । यसअघि ११ र १३ अप्रिलमा पनि इजरायलले नुसरात शरणार्थी शिविरका विद्यालयमा तीनपटक आक्रमण गरेको थियो । यस अवधिमा ७ जनाको मृत्यु भएको छ ।

गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार