श्रावण १, २०८२ बिहिबार July 17, 2025

इजरायललाई ‘लज्जास्पद’ कालोसूचीमा राख्ने राष्ट्रसङ्घको निर्णय भ्रमपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अवीव, इजरायल, जेठ २६ गते । सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासलाई आफ्नो “लज्जास्पद कालोसूचीमा” राखेको द टाइम्स अफ इजरायलले जनाएको छ ।

यो सूची संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनसँग जोडिएको छ ।

रुस, इस्लामिक स्टेट, अल–कायदा, बोको हराम, अफगानिस्तान, इराक, म्यानमा, सोमालिया, यमन र सिरियाको यो सूचीमा इजरायल र हमासलाई पहिलोपटक समावेश गरिएको छ । यो सूचीमा समावेश हुने इजरायल पहिलो लोकतान्त्रिक देश भएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

अघिल्लो वार्षिक प्रतिवेदनमा इजरायली–प्यालेस्टिनी द्वन्द्वका अध्याय समावेश थिए जसले इजरायललाई बालबालिका विरुद्ध गम्भीर अधिकार उल्लङ्घनको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रको प्रतिवेदनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रको निर्णयलाई भ्रमपूर्ण रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रका लागि इजरायली मिसनले राष्ट्र सङ्घका लागि इजरायलका स्थायी प्रतिनिधि गिलाड एर्डानले शुक्रबार गुटेरेसका चिफ अफ स्टाफबाट औपचारिक सूचना प्राप्त गर्नुभएको हो ।

गिलाड एर्डानले इजरायली सेना विश्वको सबैभन्दा नैतिक सेना भएको कुरामा जोड दिँदै यो “अनैतिक निर्णय”ले हमासलाई प्रोत्साहित गर्ने बताउनुभयो ।

“राष्ट्रसङ्घको यो निर्णयले हमासलाई थप प्रोत्साहित गर्ने र युद्ध विस्तार गर्न उत्प्रेरित गर्नेछ”, एर्दानले थप बताउनुभयो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायल–हमास युद्धमा लगभग आठ हजार बालबालिका को ज्यान गएको द टाइम्स अफ इजरायलले जनाएको छ । तथापि, यो सङ्ख्यालाई गत महिना रातारात लगभग छ हजार पाँच सयमा घटाइएको थियो । बालबालिका र सशस्त्र द्वन्द्वमा संयुक्त राष्ट्रको रिपोर्टमा पनि प्रयोग गरिएको यो सङ्ख्याले हमास अधिकारीबाट प्राप्त डाटाको सत्यता बारेमा थप प्रश्न निम्त्याएको थियो ।

इजरायली विदेश मन्त्री इजरायल काट्जले यो निर्णयले संयुक्त राष्ट्रसँगको इजरायलको सम्बन्धमा असर पार्ने बताउनुभयो । “दशौँ हजार निर्दोषलाई मृत्युदण्ड दिने इरानी राष्ट्रपतिको सम्झनामा एक मिनेट मौनधारण गर्ने गुटेरेसलाई हमासको यौन अपराध र इजरायलको आत्मरक्षाको अधिकारलाई बेवास्ता गर्ने एन्टिसेमेटिक महासचिवको रूपमा इतिहासमा स्मरण गरिनेछ”, उहाँले भन्नुभयो ।

“आइडीएफ संसारको सबैभन्दा नैतिक सेना हो र कुनै पनि काल्पनिक प्रतिवेदन यसलाई परिवर्तन गर्दैन । यो कदमले संयुक्त राष्ट्रसँगको इजरायलको सम्बन्धमा असर पार्नेछ”, उहाँले बताउनुभयो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार