असार ३२, २०८२ बुधबार July 16, 2025

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।

मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् । राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर पुष्पहार अर्पण गरेका थिए ।

शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसअघि शुक्रबार नै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । उनलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया