भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ: अध्यक्ष ओली

एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उनले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताए।

उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्पसहित एमालेले अभियान सुरुआत गरिसकेको बताए। ‘राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको हो’, अध्यक्ष ओलीले भने, ‘त्यसका लागि एमालेले मिसन ८४ लाई टर्निङ प्वाइन्टका रुपमा लिन्छ, सोहीअनुसार सम्पूर्ण पार्टीपंक्ति लाग्नु पर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताए। ‘एमाले सत्तामा जान मिसन ०८४ भनेको हैन, नागरिकलाई उत्पादनशील जनशक्ति बनाएर सबै नेपालीलाई सुखी बनाउनका लागि हो, अन्य पार्टीले पनि सोही सिको गरेका छन्’, उनले भने।

अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिए। कृषि क्रान्तिलाई असाधारणरुपमा लैजानसके मात्र नागरिकलाई समृद्ध र सुखतर्फ डोर्‍याउन सकिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले देशैभर एमाले जिल्ला अधिवेशनको लहर चलिरहेकाले ‘प्यानल’ बनाएर हैन एकताका साथ नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले नवप्रवर्तनका कार्यक्रममार्फत विदेशिने जनसंख्यालाई स्वदेशमै परिचालन गनुपर्ने बताए। पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले एमालेको समृद्धिको अभियानलाई अगाडि बढाउन पार्टी संगठनलाई एकतावद्ध र बलियो बनाउन लाग्नुपर्ने बताए। पोलिटब्युरो सदस्य कृष्ण राई र वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले एमालेको मिसनले हरेक क्षेत्रमा उत्साह पैदा भएकाले थप क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
२०८३ भाद्र ३०, मंगलबार
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
२०८३ भाद्र ३०, मंगलबार
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
२०८३ भाद्र ३०, मंगलबार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
२०८३ भाद्र ३०, मंगलबार
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
२०८३ भाद्र ३०, मंगलबार
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
२०८३ भाद्र ३०, मंगलबार
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
२०८३ भाद्र ३०, मंगलबार