असार २०, २०८२ शुक्रबार July 4, 2025

राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा गाजा युद्धविरामको समर्थन गर्ने मस्यौदा प्रस्ताव अनुमोदन

भिटो शक्ति प्रयोग नगर्ने निर्णय पछि प्रस्तावको पक्षमा १४ मत, विरुद्ध शून्य र रुसद्वारा एक अनुपस्थितिका साथ प्रस्ताव पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यूयोर्क (अमेरिका), जेठ २९ गते । इजरायल–हमास युद्धको कारण पश्चिम एसियामा बढ्दो तनावको बिच हाल आठौँ महिनामा गुज्री रहेको छ ।यसै बिच राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार गाजामा स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको लागि अमेरिकी प्रस्ताव पारित गर्‍यो ।

अमेरिकाले तयार पारेको पाठले हमासलाई राष्ट्रपति जो बाइडेनले मे –३१ मा घोषणा गरेको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको छ, जसलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको छ ।

भिटो शक्ति प्रयोग नगर्ने निर्णय पछि प्रस्तावको पक्षमा १४ मत, विरुद्ध शून्य र रुसद्वारा एक अनुपस्थितिका साथ प्रस्ताव पारित भएको थियो ।

राष्ट्रसङ्घका अनुसार स्वीकृत प्रस्तावको उद्देश्य तीन चरणमा व्यापक युद्धविराम सम्झौतामा पुग्नु हो ।

पहिलो चरणमा “महिला, वृद्ध र घाइते लगायत बन्धकको रिहाइ, मारिएका बन्धकको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान’’ गरी तत्काल, पूर्ण युद्धविरामको आह्वान गरिएको छ ।

यसले इजरायली सैनिकहरूलाई गाजाको जनसङ्ख्या भएका क्षेत्रहरू छोडी प्यालेस्टिनीलाई आफ्नो घर तथा समुदायमा फर्कन अनुमति दिन र मानवीय सहायता व्यापक र सुरक्षित रूपमा वितरण गर्न माग गर्दछ ।

राष्ट्रसङ्घका अनुसार दोस्रो चरणले “गाजामा रहेका सबै बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको बदलामा’’ शत्रुताको स्थायी अन्त्ये अनुभूति गर्नेछ ।

अर्कोतर्फ, तेस्रो चरणमा “गाजाका लागि प्रमुख बहु–वर्षीय पुनर्निर्माण योजना’’ हुनेछ र पट्टीमा मृतक बन्धकको अवशेषहरू इजरायललाई फिर्ता गरिनेछ ।

राष्ट्रपति बाइडेनले उक्त सम्झौतालाई “युद्धविराम मात्र नभई अनिवार्य युद्धको स्थायी अन्त्ये गर्ने सम्झौताको रूपमा वर्णन गर्नु भएको थियो । उहाँले सम्झौताका सर्तहरू कतारले हमासको नेतृत्वलाई हस्तान्तरण गरेको बताउनुभएको थियो ।

यसैबिच, संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले यदि हमासले सुरक्षा परिषद्ले अनुमोदन गरेको सम्झौतामा सहमत भयो भने लडाइँ रोक्न सक्ने बताउनु भएको थियो ।

उहाँले हमासले अब स्पष्ट रूपमा अन्तर्राष्ट्रिय समुदाय सम्झौताको पछाडि एकजुट भएकाले जीवन जीवन बचाउन गाजामा प्यालेस्टिनी नागरिकहरूलाई पुनर्निर्माण र निको हुन मद्दत गर्नेछ । “बन्धकहरूलाई आठ महिना कैदपछि उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने सम्झौताको पछाडि एकजुट हुनुहोस् ।’’

राजदूत थोमस–ग्रीनफिल्डले वर्तमान अवस्थाबाट टाढा रहने मौका र अमेरिकाले इजरायलले  जिम्मेवारी सुनिश्चित गर्न सहयोग गर्नेछ, तथापि, सबै “हमासले सम्झौता स्वीकार गरेको मानेर’’ गरिनेछ ।

प्रस्तावमा, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजा पट्टीमा जनसाङ्ख्यिक वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अनुमति दिँदैन, जसमा एन्क्लेभको क्षेत्र घटाउने  कार्य  पनि समावेश छ ।

यसले दुई–राज्य समाधानको दृष्टिकोणप्रति परिषद्को “अटुट प्रतिबद्धता पनि दोहोर्‍याउँछ ।’’ यस सन्दर्भमा प्यालेस्टिनी प्राधिकरणअन्तर्गत वेस्ट बैङ्कसँग गाजा पट्टीलाई एकीकृत गर्ने महत्त्वलाई जोड प्रस्तावमा गरिएको छ ।

अक्टोबर–७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्व बढेको थियो, जहाँ करिब दुई हजार पाँच सय आतङ्ककारीले गाजा पट्टीबाट इजरायलको सीमा पार गर्दा हताहत र बन्धकहरू कब्जा गरियो ।

त्यसबेला देखि इजरायलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै सम्पूर्ण आतङ्कवादी समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार