असार ३२, २०८२ बुधबार July 16, 2025

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी

अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध सुरु गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम (इजरायल), जेठ ३० गते । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

केही समय अघि, लेबनानबाट पार गर्ने लगभग ९० वटा प्रक्षेपण पहिचान गरिएको सेनाले विज्ञप्तिमा जनाएको छ । सेनाका अनुसार धेरैलाई रोकियो तर अन्य केहीले उत्तरी इजरायलमा प्रहार गर्दा केही क्षेत्रमा आगजनी भएको छ ।

लेबनानी लडाकु समूह हेजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासले अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध सुरु गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी गरेको छ ।

Israel attacks launch site in Lebanon after rockets 'fired' | Israel-Palestine  conflict News | Al Jazeera

हालका दिनहरूमा तापक्रमसँगै युद्धको गति बढेको र हवाई आक्रमणको आदानप्रदानले सीमाको दुवै छेउमा धेरै आगजनी र डढेलोका घटनामा वृद्धि भएको छ ।

मङ्गलबार इजरायली आक्रमणमा हेजबुल्लाहका एकजना वरिष्ठ कमाण्डर मारिएपछि लेबनानबाट पछिल्लो आक्रमण आएको हो ।

Hezbollah, Israel trade fire in dangerous Mideast escalation | AP News

हेजबुल्लाहले मारिने व्यक्ति अबु तालेब भनिने कमाण्डर तालेब सामी अब्दुल्लाह रहेका र उनको जन्म सन् १९६९ मा भएको बताएको छ ।

लेबनानी सैन्य स्रोतले उक्त कमान्डर युद्ध सुरु भएदेखि अहिलेसम्म मारिएका हेजबुल्लाहमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएको छ ।

इजरायली आक्रमणले सीमाबाट १५ किलोमिटर  टाढा रहेको जौइया सहरमा प्रहार गरेको र अन्य तीन जनाको पनि मृत्यु भएको स्रोतले जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया