भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा एनटीएका खेलाडीले भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ ।

जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसूदन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्नेछन् ।

त्यस्तै, अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड-१९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउनेछन् । मेलिना राई र प्रगति कुइकेलले १२-१४ वर्ष, अस्मिता नगरकोटीले १५-१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८-३० वर्ष र मधुसूदन सापकोटाले ४१-५० वर्ष उमेरसमूहमा आफ्नो कौशल प्रदर्शन गर्नेछन् । प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
२०८३ भाद्र ३०, मंगलबार
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
२०८३ भाद्र ३०, मंगलबार
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
२०८३ भाद्र ३०, मंगलबार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
२०८३ भाद्र ३०, मंगलबार
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
२०८३ भाद्र ३०, मंगलबार
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
२०८३ भाद्र ३०, मंगलबार
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
२०८३ भाद्र ३०, मंगलबार