असार १५, २०८१ शनिबार June 29, 2024

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा १६ जनाको आवेदन

डा. विमल आचार्यको सम्भावना बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि मंगलबार साँझसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १६ जनाका आवेदन दर्ता भएका छन् ।

आवेदन दिनेमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, डा. विमल आचार्य, संगीता पहाडी, प्रेम प्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिल कुमार झा, डा. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, सुवास साह, नागेन्द्र कुमार दास, केदार नाथ कोइराला, कमल लामिछाने, रमेश प्रसाद जोशी र सालिकराम सुवेदी रहेका छन् ।

मन्त्रालयले सूचनामार्फत टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको थियो ।

टेलिकमको प्रबन्ध निर्देशकमा आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनीयरिङ, टेलिकम्युनिकेसन इन्जिनीयरिङ, कम्प्युटर इन्जिनीयरिङ, सिभिल इन्जिनीयरिङ वा मेकानिकल इन्जिनीयरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री, ज्वालाकुमारी साह (अन्तवार्ता)
२०८१ असार १५, शनिबार
उपभोक्तामैत्री कानुन आवश्यक छ : मन्त्री गिरी
२०८१ असार १५, शनिबार
साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
२०८१ असार १५, शनिबार
बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे
२०८१ असार १५, शनिबार
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार