काठमाण्डाैंः नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा जनाईएको छ ।
तीन दिनअघि मात्र पनि नेटोलेअफगानिस्तानकै बाल्ख प्रान्तमा गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरुमा सवैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । शुक्रबार राति सो घटना भएको उनीहरुले बताएका छन् ।
टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा दक्षिणी कान्दाहार प्रान्तको साइसान उपत्यकामा तालिबानहरुले सुरक्षा गस्तीमा रहेका अफगान प्रहरीमाथि आक्रमण गरेपछि नेटो सुरक्षाकर्मीले सो कारबाही गरेका थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया