असार १६, २०८१ आइतबार June 30, 2024

दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता

मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको भेटवार्ता अर्थपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ । यसै क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीलाई पनि भेटेका थिए ।

विहिबार भएको मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको यो भेटलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बुधबार अमेरिकी प्रतिनिधिमण्डलले धर्मशालामा धर्मगुरु लगाइ लामासँग भेट गरेको थियो । यस प्रतिनिधिमण्डलमा न्यान्सी पेलोसी बाहेक सांसद माइकल म्याकलसहित ५ जना सांसद छन् । यी सांसदहरू रिपब्लिकन र डेमोक्रेटिक पार्टीका हुन् । यो प्रतिनिधिमण्डलको नेतृत्व रिपब्लिकन सांसद माइकल म्याककलले गरिरहेका छन् ।

बुधबार अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामाको ‘उत्तराधिकार’ मामिलामा अमेरिकाले चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो ।

विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको समर्थनमा आवाज उठाएको यो पहिलो पटक हो । यद्यपी न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । तर, न्यान्सी पेलोसीले त्यतिबेला कुनै प्रतिनिधिमण्डलसँग भारत भ्रमण गरेकी थिइनन् ।

भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र यसबारे टिप्पणी गर्नबाट बच्दै आएपनि यो घटनालाई निकै अर्थपूर्ण रुपमा विश्लेषणगरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमण औपचारिक हो वा होइन भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्सेमा दोहोरो अंकको गिरावट
२०८१ असार १६, आइतबार
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार