काठमाण्डाैंः धादिङ्ग प्रहरीले ठूलो परिमाणको मूल्यवान जडिबुटीसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले धादिङको रुविभ्यालीबाट धादिङवेसीतर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको ट्रकमा शनिबार राति चेकजाँच गर्ने क्रममा उक्त जडिबुटीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट पक्राउ पर्नेहरुमा ट्रक चालक रुविभ्याली गाउँपालिका-१ बस्ने पेम्बा तामाङ, सह-चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्युार्मे नामग्याल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार प्रहरीले शंकास्पद उक्त ट्रक खानतलासी गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई छिपाइ लैजाँदै गरेको अवस्थामा ३ सय १० किलो जटामसी, २ किलो १ सय ५० ग्राम निरमसी र १७ ग्राम गुची च्याउ बरामद गरेको हो ।
यस्तै १ किलो ८ ग्राम यार्सा गुम्बा समेत प्रहरीले उनीहरको साथबाट बरामद गरेको छ।जडिबुटी तस्करी गर्ने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको डीएसपी खड्काले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया