बैसाख २६, २०८३ शनिबार May 9, 2026

मूल्यवान जडिबुटीसहित चार जना धादिङबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः धादिङ्ग प्रहरीले ठूलो परिमाणको मूल्यवान जडिबुटीसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले धादिङको रुविभ्यालीबाट धादिङवेसीतर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको ट्रकमा शनिबार राति चेकजाँच गर्ने क्रममा उक्त जडिबुटीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट  पक्राउ पर्नेहरुमा ट्रक चालक रुविभ्याली गाउँपालिका-१ बस्‍ने पेम्बा तामाङ, सह-चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्युार्मे नामग्याल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार प्रहरीले शंकास्पद उक्त ट्रक खानतलासी गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई छिपाइ लैजाँदै गरेको अवस्थामा ३ सय १० किलो जटामसी, २ किलो १ सय ५० ग्राम निरमसी र १७ ग्राम गुची च्याउ बरामद गरेको  हो ।

यस्तै १ किलो ८ ग्राम यार्सा गुम्बा समेत प्रहरीले उनीहरको साथबाट बरामद गरेको छ।जडिबुटी तस्करी गर्ने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको डीएसपी खड्काले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार