असार १०, २०८३ बुधबार June 24, 2026

सेती भतेनीमा प्रहरीको छापा : लागुऔषध र वन्यजन्तुजन्य सामग्री बरामद

तनहुँमा घरबाट गाँजा, ट्रामाडोल र गैंडाको छालाजस्तो सामग्री फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । देवघाट गाउँपालिका–५ सेती भतेनी टोलस्थित एक घरबाट प्रहरीले लागुऔषधसहित जंगली जनावरका अखेटोपहार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार शनिबार कृष्ण तामाङको घरको कोठामा लुकाइछिपाइ राखिएका ती सामग्री फेला पारिएको हो।

प्रहरीले तामाङ सुत्ने कोठा तथा टिनको दराजमा खोजतलास गर्दा विभिन्न प्रकारका लागुऔषध र वन्यजन्तुसम्बन्धी सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा २०० ग्राम गाँजा, २४८ क्याप्सुल ट्रामाडोल, ‘Vomine–25’ लेखिएको २५० ट्याब्लेट, गैंडाको छालाजस्तो देखिने ९.८ सेमी लम्बाइ र ९ सेमी चौडाइको एक टुक्रा, जरायोको सिङजस्तो देखिने स-साना ४ टुक्रा तथा ७८.७८ सेमी लम्बाइका २ वटा अखेटोपहार समावेश छन्। साथै पाँच मुखे शंख एक थानसमेत बरामद गरिएको छ।

यसैगरी घटनास्थलबाट ९७०९०९५८५९ नम्बरको सिमकार्ड प्रयोग भएको रेड्मी कम्पनीको एक मोबाइल र ९७६९४५५२८६ नम्बर प्रयोग भएको क्यूटेल कम्पनीको सादा मोबाइल फोनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सामग्री वन्यजन्तुसम्बन्धी अपराध र लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका कृष्ण तामाङमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार