असार २६, २०८२ बिहिबार July 10, 2025

नागरिकता विधेयक खारेजीको माग गर्दै जनकपुरधाममा महिला संघको बिरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः नागरिकता विधेयक खारेजीको माग गर्दै जनकपुरधाममा महिला संघले बिरोध प्रदर्शन गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भगिनि संगठन नेपाल महिला संघले विदेशी बुहारीलाई सात वर्ष पछि मात्र नागरिकता दिने बिधेयको बिरोधमा आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो।

नेपाली काँग्रेसको पार्टी कार्यालय धनुषाबाट निकालिएको विरोध र्‍याली जनकपुरको क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।

बिरोध प्रदर्शन पश्चातआयोजित कोण सभामा बोल्दै नेपाल महिला संघकी क्षेत्रिय सचिव सम्झना वर्माले सत्तारुढ नेकपाको पछिल्लो निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाइन्। उनले उक्त विधेयक तत्काल खारेज नगरिए कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइन्।

प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार