असार ३०, २०८२ सोमबार July 14, 2025

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, असार १७ गते । जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।

यसले रक्षा मन्त्रालयले विकास गरेको इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ ।

Japan launches H3 rocket, destroys it over 2nd-stage failure | AP News

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहद् कदम’ भएको बताउनुभएको छ । “मलाई विश्वास छ लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ ।

जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताउनुभयो ।

एएलओएस–४ हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ । जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ ।

फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको ‘पे लोड’को साथ नष्ट गर्नुपरेको थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार