असार ३०, २०८२ सोमबार July 14, 2025

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्त्वपूर्ण हतियारहरू प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन डीसी, असार १९ गते । संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताउनुभएको छ ।

“राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्त्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,” अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताउनुभएको हो ।

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ ।

“यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,” ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भन्नुभयो ।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताउनुभयो ।

घोषणापछि उमेरोभले अस्टिनलाई उहाँको समर्थनका लागि धन्यवाद दिनुभयो । साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताउनुभयो ।

“आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,” नेटोबारे रक्षामन्त्री उमेरोभले भन्नुभयो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार