असार २९, २०८२ आइतबार July 13, 2025

आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा। इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको छ । यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी छ । चारैतिर (हवाई, जमिन र समुद्र) बाट लगातार हवाई हमला र बमबारी, हत्या, घाइते र हजारौँविरुद्ध नरसंहार जारी राखेको छ । क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया