असार २६, २०८२ बिहिबार July 10, 2025

प्रचण्ड निवासमा नेकपा नेताले लिए सपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपाका अध्यक्ष प्रचण्डले पनि निवासबाटै पार्टीका महत्वपूर्ण काम गर्न थालेका छन् । कतिसम्म भने नेताहरुको सपथ समेत उनले निवासमै खुवाउन थालेका छन् । नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले प्रचण्डको निवास खुमलटारमा सपथ लिएका हुन्।

अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ खुवाएका हुन् ।

पार्टी कार्यालयमा लिनुपर्ने सपथ बुढाथोकीले आइतबार अध्यक्ष दाहाल निवास खुमलटारमा लिएका हुन्। ‘अहिले स्थायी कमिटी बैठक नै अर्का अध्यक्षको सरकारी निवासमा बसिरहेको छ,’ नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले भने, ‘काठमाडौं आएको मौकामा अध्यक्षकै निवासमा सपथ खुवाउँदा ठीकै हुन्छ भनेर खाएको हो। यसलाई अन्यथा लिनु हुँदैन।’

नेकपाको पार्टी कार्यालय प्राय सुनसान हुने गरेको छ । अध्यक्ष र शीर्ष नेताको घरमा भने भिड लाग्ने गरेको छ ।-दृष्टिबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार