असार २९, २०८२ आइतबार July 13, 2025

गाजामा इजरायली कारबाहीमा ३२ जनाको मृत्यु

इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा, असार २८ गते । इजरायली आक्रमणले गाजा पट्टीमा थप ३२ जनाको ज्यान लिएको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।

युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा पुग्ने दिशामा वार्ता जारी रहँदा तटीय क्षेत्रको उत्तरदेखि दक्षिणसम्म लडाइँ जारी छ ।

हमासका लडाकुले अक्टोबर ७ मा कम्तीमा एक हजार २०० जनाको ज्यान लिने गरी दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमण र २०० भन्दा बढी बन्धक बनाएपछि जवाफमा इजरायलले गाजा क्षेत्रमा हमासविरूद्धको कारबाही सुरू गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाद्वारा निरन्तर गरेको आक्रमणको पछिल्लो शृङ्खलामा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।मृतकमध्ये अधिकांश बालबालिका र महिला छन् ।

हमास निकटस्थ सञ्चारमाध्यमले उत्तरमा गाजा सहर, मध्यक्षेत्रमा नुसिरात शरणार्थी शिविर, दक्षिणमा खान युनिस र रफाहका धेरै स्थानमा ७० भन्दा बढी हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।

इजरायली सेनाले शुक्रबार इजिप्टको सीमा नजिकै रहेको रफाहमा सेनाले अपरेसन जारी राखेको बताएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार