बैसाख १५, २०८३ मंगलबार April 28, 2026

नारायणी नदी किनारमा २ जनाकाे शव फेला, सिमलताल घटनाकै रहेकाे आशङ्का

फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव फेला परेको छ । नारायणी नदी किनारमा दुई शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएको छ। यद्यपि प्रहरीले पुष्टि गरेको छैन। सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।

बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेको थियो। उक्त शव सोही घटनामा परेका बसमा सवार यात्रीको रहेको पुष्टि भइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
२०८३ बैसाख १५, मंगलबार
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
२०८३ बैसाख १५, मंगलबार
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
२०८३ बैसाख १५, मंगलबार
ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
२०८३ बैसाख १५, मंगलबार
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
२०८३ बैसाख १५, मंगलबार