मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीका राष्ट्रपतिको घोषणा

कुर्दिश सेना अब हाम्रो सीमाभित्र लड्न असमर्थ भइसकेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्तानबुल, असार ३० गते । उत्तरी इराक र सिरियामा कुर्दिशस्थान वर्कर्स पार्टी (पीकेके) लडाकुविरुद्ध टर्कीको सेनाको कारबाही अन्त्य भएको घोषणा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गर्नुभएको छ ।

टर्कीले सन् २०२२ को अप्रिलमा उत्तरी इराकसँगको आफ्नो सीमा सुरक्षित गर्न पीकेके लडाकुविरुद्धको लडाई (अपरेसन क्लाउ–लक) सुरु गरेको थियो ।

“हामी चाँडै नै उत्तरी इराकको कारबाहीलाई रोक्नेछौँ”, राष्ट्रपति एदोगानले भन्नुभयो, “कुर्दिश सेना अब हाम्रो सीमाभित्र लड्न असमर्थ भइसकेका छन् ।”

पीकेके इराक र सिरिया दुवैमा ‘पूर्ण रूपमा फसेको’ भन्दै युवा सैन्य स्नातकहरूलाई सम्बोधन गर्दै टर्कीको सेनाले ‘उनीहरूमाथि’ विजय गरेको बताउनुभएको थियो ।

“हामी सिरियासँग जोडिएको हाम्रो दक्षिणी सीमामा रहेका सुरक्षा क्षेत्रका हराएका स्थलहरूको खोज पूरा गर्नेछौँ ।”

अङ्काराले सन् २०१६ देखि उत्तरी सिरियाको सीमा क्षेत्रबाट कुर्दिश सेनालाई देश निकाला गर्न लगातार स्थलगत अभियान सञ्चालन गर्दै आएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया