असार २९, २०८२ आइतबार July 13, 2025

उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि

शरण खोज्ने कूटनीतिज्ञहरू क्युबामा उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उत्तर कोरियाका एक कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबी गरिएको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीले शरण खोज्ने कूटनीतिज्ञहरू क्युबामा उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार भएको दाबी गरेको छ ।

दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवाले उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार क्युबाबाट भागेको रिपोर्टहरू सत्य भएको बताएको छ ।

रिपोर्टमा उत्तर कोरियाली कूटनीतिज्ञ रि इल क्यू गत वर्ष नोभेम्बरमा आफ्नो श्रीमती र बच्चाहरुसँग दक्षिण कोरिया आएको बताइएको छ भने यस बारे थप विवरण दिइएको छैन । हालैका वर्षहरूमा धेरै उत्तर कोरियाली कूटनीतिज्ञहरूले दक्षिण कोरियामा शरण लिएका छन् र रि इल क्यूको मामला यस श्रृंखलाको सबैभन्दा नयाँ हो ।

प्रतिवेदनमा रीलाई उद्धृत गर्दै राजनीतिक प्रणालीप्रतिको मोहभंगका कारण उत्तर कोरियाबाट भाग्ने निर्णय गरेको दाबि गरिएको छ ।

दक्षिण कोरियाली एजेन्सीले उत्तर कोरियाली विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर मतभेद भएपछि रिले भाग्ने निर्णय गरेको दाबी गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाली कूटनीतिज्ञ सियोल भागेको वा नभएको पुष्टि गरेको छैन ।

१९५०-५३ कोरियाली युद्धको अन्त्य पछि, लगभग ३४ हजार उत्तर कोरियालीहरू आर्थिक कठिनाइ र राजनीतिक दमनबाट बच्न दक्षिण कोरियामा भागेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार