असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।

राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ ।  अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ ।

यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ पोजिटिभ भेटिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार