असार २९, २०८२ आइतबार July 13, 2025

इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने हजबुल्लाहको चेतावनी

नसरूल्लाह आक्रमणका कारण घरहरु ध्वस्त भएका हजारौं पीडित लेबनानीलाई सहयोग गर्ने वाचा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरूत (लेबनान), साउन ३ गते । हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

“यदि इजरायलले हालैका दिनमा जस्तै नागरिकहरूलाई लक्षित आक्रमण जारी राख्यो भने हामी इजरायलको अहिलेसम्म लक्षित नगरिएका इलाकाहरूलाई लक्षित गरेर आक्रमण गर्न बाध्य हुनेछौँ”, नसरूल्लाहले भन्नुभयो ।

लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले मङ्गलबार इजरायली आक्रमणमा तीन सिरियाली बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताएको छ ।

यसको जवाफमा हजबुल्लाहले उत्तरी इजरायलमा ‘कुत्युशा रकेट’ प्रहार गरेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ)ले हड्तालको समयमा आफ्नो घर अगाडि खेलिरहेका बालबालिकाहरु माथि गरिएको आक्रमणलाई “भयानक” भनी वर्णन गरेको छ ।

इजरायली सेनाले गत महिना लेबनानमा आक्रमणका लागि परिचालन गरिएका योजनाहरू स्वीकृत र मान्य भएको बताएको थियो ।

नसरूल्लाह आक्रमणका कारण घरहरु ध्वस्त भएका हजारौं पीडित लेबनानीलाई सहयोग गर्ने वाचा गर्नुभएको छ ।

“घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका बासिन्दालाई हामी आश्वासन दिन्छौँ कि हामी तपाईंहरूसँग मिलेर काम गर्नेछौँ । हामी हाम्रा घरहरू पुनर्निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार