असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टिः उपत्यकामा एकैदिन १४ थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

नेपालमा भने पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।

उपत्यकामा एकैदिन संक्रमितको संख्या १४ पुग्यो 

काठमाडौँ उपत्यकामा मंगलबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएका हरुमा काठमाडौंका १२ जना, भक्तपुर र ललितपुरमा १-१ जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा  २ जना पुरुष तथा भक्तपुरका एक महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र ललितपुरका एक पुरुषमा संक्रमण देखिएको बताए । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार