भाद्र ६, २०८३ शनिबार August 22, 2026

रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स नेपाली बजारमा

रियलमी १२ एक्स फाइभजी स्मार्टफोनमा ६.७२ इन्चको फुलएचडी आईपीएस एलसीडी डिस्प्ले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा रियलमीका दुई फाइभजी स्मार्टफोन भित्रिएका छन् । कम्पनीले रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स गरी दुई ओटा नयाँ बजेट फोन सार्वजनिक गरेको हो ।

अत्याधुनिक प्रविधि, नवीन सुविधा र स्टाइलिस डिजाइनले युवा प्रयोगकर्तामाझ यी स्मार्टफोनले फरक अनुभवको प्रत्याभूति दिने कम्पनीले जनाएको छ । यी फोनमा एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट, भीसी कुलिङ सिस्टम लगायतका फिचर छन् ।

रियलमी नार्जो ७० प्रो फाइभजी

फोटोग्राफीका लागि परिचित यो फोनमा सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा र मास्टर शट एल्गोरिदम प्रयोग गरिएको छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे मुख्य सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेल डेप्थ सेन्सर भएको क्यामेरा सेटअप छ । त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ ।

यो फोनमा ६.६७ इन्चको फुलएचडी एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित फोनमा मिडियाटेक डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट रहेको छ । ग्राहकले ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा फोन खरिद गर्न सक्नेछन् । ५००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनले ६७ वाटको सुपरभोक चार्ज सपोर्ट गर्छ ।

रियलमी १२ एक्स फाइभजी

रियलमी १२ एक्स फाइभजी स्मार्टफोनमा ६.७२ इन्चको फुलएचडी आईपीएस एलसीडी डिस्प्ले रहेको छ । १२० रिफ्रेस रेट भएको फोनमा ९५० निट्सको अधिकतम ब्राइटनेस पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित यो फोनमा ६ एनएम डाइमेन्सिटी ६१००+ फाइभजी चिपसेट छ ।

४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने फाेनमा ५० मेगापिक्सेल र २ मेगापिक्सेल गरी डुअल क्यामेरा छ भने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्रीका लागि कम्पनीले ४५ वाटको सुपरभोक चार्जर दिनेछ ।

कम्पनीका अनुसार रियलमी नार्जो ७० प्रो फाइभजी ३३ हजार ९९९ रुपैयाँमा र रियलमी १२ एक्स फाइभजी २४ हजार ९९९ रुपैयाँमा किन्न सकिन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
२०८३ भाद्र ६, शनिबार
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार