बैसाख २१, २०८३ सोमबार May 4, 2026

संघीय निजामती सेवा ऐनको विद्येयकमा ओली-दाहालको सहमति छैन् : पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निजामति ऐनमा तपाँईंहरुको असहमति के-के हुन् ?

यो मेरो मात्रै असहमति होईन, सरकारको पनि हो । आधिकारिक ट्रेड युनियनको पनि असहमति छ । राष्ट्रियस्तरका सबै ट्रेड युनियनहरुको पनि सहमति रह्यो । आम निजामति कर्मचारीहरुको पनि असहमति रह्यो । यो निजामति सेवा ऐनले ट्रेड युनियनहरुलाई प्रतिबन्द लगाउने, खारेज गराउने काम गरेको छ । अर्को सबै कर्मचारीहरुको बृत्ति विकासलाई बन्द गर्ने काम गरेको छ । सर्भिस डेलिभरीलाई झन् प्रभावित बनाउने काम गरेको छ । यो ऐन नसरकारको पक्षमा छ, न कर्मचारीको पक्षमा न सेवाग्रहीको पक्षमा छ । यो निजामति सेवा ऐन केही एनजीओ, आइएनजिओवादीहरुलाई मात्रै प्रशय गर्ने खालको छ । संसदीय सर्वसत्तावाद जस्तो स्थितिको ऐन आएको छ ।

नेकपाको निर्णय आएको छ नि ?

त्यो पनि मलाई थाहा छैन । तपाईंले भन्न खोज्नुभएको कम्युनिस्ट पार्टीलाई होला । नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र केपी ओली दुई जना नै यो ऐनको पक्षमा हुनुहुन्छ जस्तो लाग्दैन । समयक्रममा देखिँदै जाने कुरा हो । यो हिसाबबाट ऐन नल्याउनु भनेर निर्देशन गर्नुभएको छ । सरकार यसको पक्षमा छैन भन्ने कुरा सामान्य प्रशासन मन्त्रीले असहमति जनाएपछि प्रष्ट भएको छ ।

मन्त्रीले असहमति जनाएर के हुन्छ शशी श्रेष्ठ यसमा पहिला नै सहमति भइसकेको छ भन्नुभएको छ ?

कस्ले सहमति गरे, के-के गरे भनेर नराम्रा, नराम्रो कुरामा गरिएको सहमतिमा मन्त्रीले ओनरसीप लिएन भने के हुन्छ ? सरकार र सम्बन्धित मन्त्रीले नै अनरसीप नलिने हो भने छलफलको लागि टेबुल गर्ने व्यक्ति त मन्त्री हो । मन्त्रीले टेबुल गर्नुभएन भने ऐनको स्टाटस कहाँ पुग्छ हामीलाई थाहा छैन । त्यसैले उहाँले कहाँकहाँ दुलाभित्र बसेर सहमति गर्नुभयो । तर, उहाँ छलफलको आउनुभएन । उहाँलाई हामीले दर्जनौं पटक अनुरोध गरेका छौं । हाम्रा विषयहरु उहाँलाई पु¥याउने काम गरेका छौं । तर उहाँले कहिल्यै पनि बसेर छलफल गर्न चाहनुभएन । उहाँ छलफल गर्न चाहनुहुन्न ? यो ऐन कसका लागि बनेको ? निजामति कर्मचारीको लागि बनेको हो ? यो ऐनमार्र्फत निजामति सेवा भत्काउने अधिकार कसैसँग पनि छैन ।

निजामति सेवा ऐन राज्य व्यवस्था समितिबाट पारित भइसकेको छ नि ?

यस्तो ऐन पारित हुनु स्वाभाविक हो । धेरै ठूला तानाशाहहरुले पनि सधैं जितिराखेका थिए र ? थिएनन् नि । हिजो राजा ज्ञानेन्द्रले पनि निजामति कर्मचारी संगठनमाथि प्रतिबन्ध लगाएको हो । दफा फोर ऐन नै उहाँले झिकेर फालियो । तर, ट्रेड युनियन झन् उर्जाका साथ अगाडि बढ्यो । ट्रेड युनियन हटाउने हो भने उहाँले स्पष्ट रुपमा भन्नुपर्छ । २०६२, ६३ को आन्दोलन गलत थियो, संसद्ले पास गरेको संकल्प प्रस्ताव गलत थियो भनेर । त्यसबेलामा दलहरुले उठाएका कुराहरु गलत थिए । आन्दोलनपछिका सहमतिहरु गलत थिए ? त्यसपछि गरिएका सबै हमतिहरु लगत हुन् भन्न सक्नुहुन्छ उहाँले ।

अब निजामति सेवा अवधि ६० वर्ष ट्रेड युनियन खारेज गर्ने निर्णय भइसक्यो अब के गर्नुहुन्छ ?

हाम्रा आम धारणाहरु रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर प्रस्तुत गर्दैछौं । हाम्रो कार्यक्रमहरु यहीबाट सार्वजनि कर्दछौं । अँध्यारो कोठामा बसेर ऐनमा के–के ल्याईयो भनेर त्यही समितिका सदस्यहरुलाई पनि थाहा छैन । मैले कम्तिमा १२, १३ जना सांसदहरुलाई फोन गरेँ उहाँहरुले हामीलाई केही थाहा छैन भन्नुभयो । उहाँले ५ जना थियौं सर्वसम्मत गरियो भने घोषणा गरिदिनुभयो । लालबाबु पण्डित र झपड रावलले पनि सहमति जनाउनुभएको छ । मन्त्रीले असहमति जनाउनुभएको छ । उता काँग्रेसका सांसद्हरुले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ । भनेपछि कसरी यो ऐन सर्वसम्मत भयो ? योभन्दा पहिलाका र अहिलेका सम्बन्धित मन्त्रीहरु असमत हुनुहुन्छ । उहाँ दुई, चार बसेर ताली बजाएर ऐन पास हुन्छ ? उहाँको हिम्मत छ भने कर्मचारीहरुसँग बसेर छलफल गर्न सक्नुपर्छ । उहाँले ल्याएको यो ऐनले कर्मचारीहरुको मनाबल बढाउने, काममा चुस्तता ल्याउने काम यो ऐनले गर्न सक्छ ? सक्दैन । अर्को यो ऐन पास भयो भने निजामति सेवा रहन्छ रहँदैन हर्न चाहन्छु । यसमा ट्रेडयुनियनमा होइन, यसमा शैक्षिक योग्यता, कार्यसम्पादन, मूल्यांकन, दूर्गम, सुगम, कर्मचारी समायोजन लगायत थुप्रै कुराहरु छन् । यो ऐनमा निजामति सेवाको कर्मचारीले जर्मन नागरिकसँग विवाह गर्यो भने त्यो परिवार बन्ने व्यवस्था यो ऐनले गरेको छ । यो ऐन पारित गर्ने पक्षमा ३ प्रतिशत सासंद् पनि हुनुहुन्न ।

आन्तरिक प्रतिष्पर्धा हटाइयो, ६० वर्षे सेवावधि, सुरुवामा चक्रिय प्रणाली लगायतका कुराहरु छन् त्यसमा के भन्नुहुन्छ ?

६० वर्षे उहाँहरुको एजेन्डा होईन हाम्रो हो । आरक्षणको कुराहरु लागु हुँदा उहाँहरु सांसद् नै हुनुभएको थिएन । हामीहरुले ५७ सालदेखि लगातार उठाएको कुरा हो । निजामति सेवामा सबै बर्ग, समुदायलाई समावेश गर्नुपर्छ भनेर हामीले अगाडि बढाएका हौं । त्यतिबेला हामीले उठाएका कुरा सम्बोधन हुँदै छ । १० वर्ष यसको अभ्यास भयो । यसलाई अब के गर्ने भनेर एउटा विज्ञ टिम राखेर छलफल गर्नुपर्यो । सरुवामा सक्रिय प्रणाली ल्याउनुपर्छ भनेर हामीले उठाएका कुरा हुन् ।

हामी अब यो प्रतिगामी ऐन विरुद्ध खरो रुपमा उत्रने छौं । यो ऐन हिजो राजा ज्ञानेन्द्र ल्याएको अध्यादेश जस्तो ऐन ल्याइएको छ । त्यसलाई पारित नगर्न सम्माननीय सभामुख समक्ष ज्ञापन पत्र बुझाउँदैछौं । प्रधानमन्त्रीकै चाहनामा यो एन आएको हो । त्यसमा हिजो खाइपाइ आएका सुविधाहरु हटाइएको छ । उहाँहरुले भोलि गएर त्यो समितिका ४, ५ जना संसाद् भएर संघीय लोकतान्त्रिक गणतन्त्र नै खारेज गर्ने भनिदिनुहोला । पार्टीहरुलाई प्रतिबन्ध लगाउने कुरा गर्नुहोला । त्यसमा तपाईं, हामी, नेपाली जनता तयार छौं । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार