असार २९, २०८२ आइतबार July 13, 2025

इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन ९ । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो । पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार