असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकी कंग्रेसमा नेतान्याहूको सम्बोधन, गाजा युद्धको बचाउ

कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् ।

कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् । जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौं । हाम्रो युद्ध तपाइँहरुको युद्ध हो र हाम्रो जित तपाईहरुको जित हो ।’

धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए ।

सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषणा गरेका थिए ।

नेतन्याहुको सम्बोधनमा बाधा पुर्‍याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ ।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार