असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा एकैदिन ५ सय भन्दा बढीको मृत्यु, मृतकको संख्या १७ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट भारतमा ज्यान गुमाउने मानिसको संख्या १७ हजार भन्दा बढि पुगेको छ ।

वर्डोमिटर्सका अनुसार बुधबार बिहानसम्म भारतमा कोरोनाभइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ४ सय १० पुगेको हो । भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ९६ पुगेको छ ।

गत २४ घण्टामा भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ५६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । देशभर अहिले एक करोड ५ लाख भन्दा बढि संक्रमित रहेका छन् । एकैदिन पौने दुई लाख मानिसमा कोरोना संक्रमण फेला परेका छन् । यसैगरी हालसम्म ३ लाख ४७ हजार ८६३ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया